दफा ५५१
वस्तु गुणस्तरयुक्त रहेको मानिने

(१) करारमा अन्यथा व्यवस्था भएकोमा बाहेक बिक्री भएको वा बिक्री हुने वस्तु सन्तोषप्रद गुणस्तरयुक्त (सेटिस्फेक्टोरी क्वालिटी) भएको मानिनेछ ।
(२) कुनै खास प्रयोजनका लागि बिक्री भएको वा बिक्री हुने कुनै खास वस्तु सो प्रयोजनको लागि उपयुक्त भएमा त्यसरी बिक्री भएको वा हुने वस्तु सन्तोषप्रद गुणस्तरयुक्त रहेको मानिनेछ ।
(३) उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि करारमा नै त्यस्तो वस्तुको खोट उल्लेख भएकोमा वा क्रेतालाई त्यस्तो करार हुनु अगावै वा वस्तु हेर्दा नै सो कुरा थाहा भई सकेकोमा त्यस्ता वस्तु सन्तोषप्रद गुणस्तरयुक्त नभएको वा नरहेको मानिने छैन ।
(४) कुनै खास वस्तुको गुणस्तर करारमा उल्लेख भएकोमा सोही बमोजिम र उल्लेख नभएकोमा त्यस्तो वस्तु प्रचलित स्तर (स्टान्डर्ड) अनुसारको गुणस्तरयुक्त हुनु पर्नेछ ।
(५) करारमा अन्यथा व्यवस्था भएकोमा बाहेक बिक्री भएको वा बिक्री हुने वस्तु खास गुणस्तरयुक्त छ भनी बिक्रेताले वारेण्टी दिएको मानिने छैन ।